दफा १५१
राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने

(१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डाजलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्ननहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(३) कसैले नेपालसंँग मैत्री सम्बन्ध भएको मुलुक विरुद्ध घृणा फैलाउने वा त्यस्तो मुलुकको अपमान गर्ने नियतलेत्यस्तो मुलुकको राष्ट्रिय झण्डा जलाउन, त्यसकोे जानीजानी दुरुपयोग गर्न वा त्यस्तो झण्डा वा त्यस्तोमुलुकको निशान छापको दुरुपयोग गर्न वा सार्वजनिक नैतिकता र शिष्टाचारको दृष्टिकोणबाट प्रयोग गर्न नहुनेवस्तु, ठाउँ वा अवस्थामा त्यस्तो झण्डा वा छापको प्रयोग गर्न हुँदैन ।
(४) कसैले संयुक्त राष्ट्र संघ वा संयुक्त राष्ट्र संघसँग सम्वद्ध संस्था वा विशिष्टीकृत निकाय वा नेपाल सदस्यरहेको कुनै अन्तरराष्ट्रिय वा क्षेत्रीय संस्थालाई घृणा वा अपमान गर्ने नियतले त्यस्ता संस्थाको झण्डा वानिशान छाप कुनै किसिमले दुरुपयोग गर्न वा त्यस्ता संस्थाको स्वीकृति विना त्यस्तो झण्डा वा त्यस्तो संस्थाकोचिह्न, सवारी साधन वा अन्य कुनै वस्तु प्रयोग गर्न हुँदैन ।
(५) उपदफा (३) वा (४) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबानावा दुवै सजाय हुनेछ ।